काउलिको पुलाउ

आजभोलि काउलिको सिजन शुरु भएको छ। काउलि आफैमा स्वाष्ट तरकारि हो भने यसको पुलाउ बनाएर खान पनि सकिन्छ। यो स्वादिष्ट त हुन्छ नै पौष्टिक पनि हुन्छ। आउनुहोस जानौं काउलिको पुलाउ बनाउने तरिका:
कति जनालाई : ४
तयारि गर्न लाग्ने समय :- १५ मिनट
पाक्न लाग्ने समय- २० मिनट
आबश्यक सामग्री:
बासमती चामल- १ कप
काउलि- १
मध्‍यम आकारमा कातेको हरिओ टमाटर- १२ कप
प्‍याज- १
टमाटर- २
अदुवा र लसुनको पेस्‍ट- २ चम्‍चा
हरियो खुर्सानि- २
बेसारको धुलो – १२ चम्‍चा
रातो खुर्सानिको धुलो- १ चम्‍मच
जीराको धुलो- १ चम्‍चा
गरम मसालाको धुलो- १ चम्‍चा
मिर्च पाउडर- १२ चम्‍चा
नुन- स्‍वाद अनुसार
जीरा- १ चम्‍चा
दालचीनी- १
हरीयो इलायची- २
तेज पत्‍ता- १
तेल- ३ चम्‍चा
पानी- २ कप
पकाउने तरिका:
चामललाई धोएर एक ठाँउमा राख्नुहोस। कुकरमा तेल तताउनुहोस र त्यसमा जीरा, तेज पत्‍ता, दालचीनी, हरीयो इलायची हारेला केहि समय भुट्नुहोस । अब काटेको प्‍याज, अदुवा र लसुनको पेस्‍ट हालेर मध्‍यम आंचमा ५ मिनट जति पकाउनुहोस। त्यसपछि काउलिको टुक्रा, हरीयो मटर, हरीयो खुर्सानि हालेर भुट्नुहोस। अब केहि समयपछि काटेको टमाटरको टुक्रा, बेसारको धुलो,रातो खुर्सानिको धुलो, जीराको धुलो, खुर्सानिको धुलो, गरम मसालाको धुलो हालेर पकाउनुह्गोस्। अब बासमती चामल हाल्नुहोस् र ३ मिनट जति पकाउनुहोस्। पानी मिसाउनुहोस् र चलाउनुहोस् र प्रेसर कुकरमा एक सिटि आएपछि निकाल्नुहोस।